काठमाडौं : पूर्वमिस नेपाल उषा खड्गीको जाहेरीमा उना पूर्वश्रीमान् जिपी तिमल्सिना पक्राउ परेका छन् । उनलाई आज भक्तपुर प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।
उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिपीविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दर्ता गरेर प्रहरीले हिजो पक्राउ पुर्जी जारी गरेको थियो । जिपी आज बिहान प्रहरीमा उपस्थित भएका थिए । प्रहरीले उषालाई छलफलका लागि बोलाए पनि उनी उपस्थित भइनन् ।
दुईजनाबीच मिलापत्र गराउने प्रहरीको प्रयास असफल भएको छ ।भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी प्रकाश जवेगुले जिपीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘पूर्वपत्नीले जाहेरी दिनुभएको थियो, आज उहाँलाई हिरासतमा राखेका छौं ।’आजकाे रात हिरासतमा राखेर भाेली छाेडिने जवेगुले बताए ।
जिपीकी पत्नी सविना अधिकारी पनि अहिले जिप्रकामै छिन् । उनले भने श्रीमान् पक्राउ नपरेको दाबी गरिन् । आफूहरू छलफलका लागि आएको तर उषा उपस्थित नहुँदा दिनभरि यतै अड्किएको उनले बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij