काठमाडौँ : नेकपा एमालेले विशेष महाधिवेशनको माग गर्दै थालिएको हस्ताक्षर अभियान तत्काल नरोके पार्टीले दबाउने चेतावनी दिएको छ।
एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले अभियान तत्काल रोक्न निर्देशन दिँदै नरोके दबाउने चेतावनी दिएका हुन्।
बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई मंगलवार पार्टी कार्यालय च्यासलमा बोलाएर हस्ताक्षर अभियान तत्काल रोक्न भन्दै नरोके कारबाहीको चेतावनीसमेत दिएका छन्।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका एमाले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायतलाई पार्टी कार्यालयमा बोलाएर उक्त निर्देशन दिइएको एक नेताले बताए। एमालेमा ओलीसहित दोस्रो र तेस्रो पुस्ताले नै सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने आवाज उठिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij