Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितुवाको आक्रमणबाट दुई जना घाइते

चितुवाको आक्रमणबाट दुई जना घाइते

दाङ : राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

आज बिहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ भने बिष्टको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीमा बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट