Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा गृहमन्त्रीको छड्के

राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा गृहमन्त्रीको छड्के

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन् । 

सोमबार बिहान मन्त्री गुरुङ दुवै कार्यालय पुगेर त्यहाँबाट प्रवाह हुने सेवा, कर्मचारीको अनुशासन, वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन् । 

परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो छरितो बनाउने विषयमा उनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट