Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद् भण्डारी निर्विरोध

राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद् भण्डारी निर्विरोध

काठमाडौँ : राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद् लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।

उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिए । सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि मसय छुट्ट्याएको थियो ।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् । समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका सहप्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट