तेल अभिभ : इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः सुरु भएको द्वन्द्वयता हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ ।
इजरायली सैन्य पक्षका अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन् । हवाई हमलामार्फत समूहका पूर्वाधारहरू ध्वस्त पारिएको छ । गत मार्चको सुरुवातमा हेज्बोल्लाहले इरानको समर्थनमा रकेट आक्रमण सुरु गरेको थियो ।
यो आक्रमण इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या पछि भएको थियो । त्यसपछि इजरायलले राजधानी बेरुतसहित लेबनानभरि लगातार आक्रमण गर्दै आएको छ । इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझै गहिरो बनाउँदै लेबनानी भूभागमा प्रवेश बढाएको छ, जसका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij