Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इच्छाकामना गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८२÷८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर७ स्थित सिमलढापमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुको जिज्ञासा तथा प्रश्नको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत जनप्रतिनिधहरुले जवाफ दिनुुभएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाको यस चालु आर्थिक बर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ,वडाध्यक्षहरु,विभिन्न संघसस्थाका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, कर्मचारी लगायत स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

9909b03d-016a-47b0-bca1-7a245c20a495.jfif

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट