Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खैरो हेरोइन र ६ लाख ५० हजार नगदसहित एक जना पक्राउ

खैरो हेरोइन र ६ लाख ५० हजार नगदसहित एक जना पक्राउ

काठमाडौँ : लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन र नगदसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २८ वर्षीय उमेश राई छन् ।

बिहीबार पक्राउ परेका आरोपीको डेराबाट ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन र ६ लाख ५० हजार बरामद गरिएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए ।उनी तारकेश्वरमा बस्दै आएका थिए । उनी विरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट