Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गौतमश्री सहकारीका सिइओ रबिन विष्ट पक्राउ

गौतमश्री सहकारीका सिइओ रबिन विष्ट पक्राउ

काठमाडौँ : काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । 

प्रहरी प्रधान कार्यालयको पत्रको आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए । बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्रीका सञ्चालकहरू गायब भएको आरोप छ।

सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम हुन् । उनी फरार छन् । सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट