Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नागरिक संरचनामा आक्रमण गरेर इरानीलाई घुँडा टेकाउन सकिँदैन : मन्त्री अराघची

नागरिक संरचनामा आक्रमण गरेर इरानीलाई घुँडा टेकाउन सकिँदैन : मन्त्री अराघची

तेहरान : इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक संरचनामाथि गरिने आक्रमणले इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य नबनाउने बताएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै यस्तो आक्रमणले अव्यवस्थित शत्रुको हार र नैतिक पतन मात्र देखाउने टिप्पणी गरेका छन् ।

कराजमा निर्माणाधीन पुलमा भएको हवाई आक्रमणको सन्दर्भमा बोल्दै यस्तो कदमले कुनै सैन्य सफलता नभई केवल नकारात्मक सन्देश दिने उनले बताए । साथै, यसले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा अपूरणीय क्षति पुर्‍याउने दाबी पनि उनको छ ।

अराघचीले अर्काे पोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्टोन एज (ढुङ्गे युग) मा फर्काउने चेतावनी दिएको भनाइप्रति पनि प्रतिक्रिया दिएका छन् ।

 ‘त्यो समयमा पश्चिम एसियामा तेल र ग्यास उत्पादन भइरहेको थिएन,’ उनले प्रश्न गर्दै भने– ‘अमेरिकी राष्ट्रपति र उनलाई भोट हालेर जिताउने नागरिकहरू वास्तवमै समयलाई पछाडि फर्काउन चाहन्छन् ?’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट