Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ

सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ

काठमाडौँ : धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर बिकिल अधिकारी छन् । 

शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै उनले घुस माग्ने गरेको आरोप छ । आरोपीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट