Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रलोपा अध्यक्ष परिषद्बाट सुदन किरातीको राजीनामा, स्वीकृति भने अझै बाँकी

प्रलोपा अध्यक्ष परिषद्बाट सुदन किरातीको राजीनामा, स्वीकृति भने अझै बाँकी

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद् सदस्य सुदन किरातीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पूर्व मन्त्रीसमेत रहेका किरातीले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। बैठकमै उनले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै पद त्याग्ने निर्णय लिएको बताइएको छ।

यद्यपि, उनको राजीनामा हालसम्म स्वीकृत भइनसकेको बताइएको छ। पार्टीभित्र यस विषयमा छलफल जारी रहेको स्रोतको भनाइ छ।

किरातीको राजीनामासँगै प्रलोपा भित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र हुने अनुमान गरिएको छ। राजीनामा स्वीकृत हुने वा नहुने विषयमा पार्टी नेतृत्वले छिट्टै निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट