Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

महाकालीमा बगेर एक जना बेपत्ता

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी : महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन्। उनको खोजी जारी छ।

यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट