Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला : आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ। आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन्।

आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा एक हजार ५ सय ६९ व्यापारिक प्रतिष्ठान, एक हजार २ सय ४६ सेवा प्रतिष्ठान र २ सय ६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन्। यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन् । गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २ सय १० उद्योग दर्ता छन्।

यसैगरी, कनकासुन्दरीमा ३ सय ७४, तिलामा ३ सय ५८, पातारासीमा ३ सय ८, सिँजामा २ सय ९२, तातोपानीमा २ सय ६७ र हिमामा २ सय ११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए। यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट