काठमाडौँ : नेपाली कांग्रेस देउवा समूहले सर्वोच्च अदालतको फैसला नआउन्जेल गगन थापालाई सभापति नमान्ने भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिँदै उक्त निष्कर्ष निकालेको हो।
बैठकमा पार्टीका शीर्ष नेताहरूसहित करिब ८३ जना केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा बोल्ने १५ जना केन्द्रिय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’को संज्ञा दिएको कांग्रेस नेता मानबहादुर नेपालीले बताए।
नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij