Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरान युद्धः युएईको शेयर बजारले गुमायो १२० अर्ब डलर

इरान युद्धः युएईको शेयर बजारले गुमायो १२० अर्ब डलर

आबुधाबी : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई र अबुधाबी शेयर बजारले झन्डै १२० अर्ब डलर गुमाएका छन् । 

फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेको र त्यसयता विकसित घटनाक्रमबिच दुबई र आबुधाबीको शेयर बजार सबैभन्दा प्रभावित वित्तीय बजार बनेका छन् । फेब्रुअरी २८ यता दुबईको बेंचमार्क सूचकाङ्क झन्डै १६ प्रतिशतले घटेको छ । उता, आबू धाबीको बेञ्चमार्क शेयर परिसूचक पनि ९ प्रतिशत घटेको छ ।

युद्ध सुरु भएयता दुबईको वित्तीय बजार (डीएफएम) जनरल सूचकांकबाट लगभग ४५ अर्ब डलर गुमेको छ । यस अवधिमा आबुधाबी एक्सचेन्ज (एडीएक्स) जनरल सूचकाङ्कले ७५ अर्ब डलर गुमाएको छ । यस अवधिमा कतार र बाहराइनका बजार क्रमशः ४ र ७ प्रतिशत घटेका छन् । 

उता, साउदी अरब र ओमानका एक्सचेन्जहरूमा भने वृद्धि देखिएको छ । इरान युद्धको असर अमेरिकी शेयर बजारमा पनि देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धको अवधि र लक्ष्यबारे मिश्रित सन्देश दिँइरहँदा अमेरिकी बेञ्चमार्क एसएन्डपी ५०० सूचकाङ्क पनि यस अवधिमा करिब ७ प्रतिशत घटेको छ ।

स्ट्रेट अफ हर्मुज ठप्पप्रायः बन्दा खाडीका अन्य देशको तुलनामा युएईमाथि पर्ने प्रभाव कम छ । तर युद्धले क्षेत्रीय यातायात केन्द्रको रूपमा देशको हैसियत कमजोर पारेको छ । विशेष गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हजारौँ उडान रद्द भएका छन् । पर्यटन र यात्राले गत वर्ष युएई अर्थतन्त्रमा लगभग ७० अर्ब डलर योगदान पुर्‍याएको थियो । यो भनेको उसको कूल जीडीपीको १३ प्रतिशत हो ।

यो युएईलाई वित्तीय केन्द्रको रूपमा अघि बढाउन खोज्ने योजनामा अनचाहिँ घटनाक्रम भए पनि यसलाई संरचनात्मक आर्थिक क्षतिको प्रमाणको रूपमा नभएर अस्थायी झट्काको रूपमा हेर्नु पर्ने दुबईको अमेरिकी विश्वविद्यालयमा वित्तका सहायक प्राध्यापक हेथम आउन भन्छन् । यसले लगानीकर्ताको मनोबल र बजारप्रतिशत विश्वास छोटो अवधिमा डगमगाउने भएपनि यो युएईको दीर्घकालीन आर्थिक योजनामा त्यति ठुलो चुनौती नभएको आउनको धारणा छ ।

२०२४ मा पहिलो पटक यूएईका शेयर बजारको कूल पुँजीकरण १० खर्ब डलरमाथि उक्लिएको थियो । यो भनेको खाडी क्षेत्रमा साउदी अरब पछि दोस्रो ठुलो हो । साउदीको बजार पुँजीकरण २५ खर्ब डलर रहेको छ । विश्वव्यापी वित्तीय केन्द्र परिसूचकको पछिल्लो संस्करणमा दुबई प्रतिस्पर्धाको सातौँ स्थानमा रहेको गएको हप्ता सार्वजनिक एउटा सूचकले देखाएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट