Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो

रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

शर्माविरुद्ध यसअघि २०८१  माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट