Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानले भन्यो- इजरायली आक्रमणमा सन्यै कमान्डरको हत्या भयो

इरानले भन्यो- इजरायली आक्रमणमा सन्यै कमान्डरको हत्या भयो

तेहरान : इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गरेको छ। उक्त आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउन गरिएको इरानको दाबी छ।

सेपाह न्युजको वेबसाइटमा गत साता भएको आक्रमणमा सैन्य कमान्डर अलिरेजा ताङ्सिरी सख्त घाइते भएको र उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्सिरीको मृत्यु भएको घोषणा गर्दै उनलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गरे। हाल इरानले प्रमुख जलमार्गमा नाकाबन्दी लगाएको छ। नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढेको छ।

तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सैन्य कमान्डरको मृत्यु भएको जनाइएको छ। युद्धमा मारिनेमध्य उनी पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ। यसअघि सर्वोच्च नेता अली खामेनी २८ फेब्रुअरीमा युद्धको पहिलो दिन र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जनभन्दा बढी प्रमुख व्यक्तित्वसहित मारिएको बताइएको छ।

ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिबद्धता गरेको जनाइएको छ। उनलाई खमेनीले सन् २०१८ मा सेनाको नेतृत्वमा नियुक्त गरेका थिए। इजरायल र संयुक्त राज्य अमेरिकाले शीर्ष अधिकारीहरूको हत्या गरेर इरानलाई ठुलो झट्का दिएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट