Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, गएनन् हर्क

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, गएनन् हर्क

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् ।

उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे । कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए । उनले छिटो प्रतिनिधिसभाको पहिलो बैठक बोलाउन भन्दै कोठे बैठकमा नजाने बताएका हुन् ।

प्रधानमन्त्री बालेनले पहिलोचरणमा मन्त्रीहरूसँग आइतबार छलफल गरेका थिए । त्यसपछि आज उनले प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् । कोशीका सांसदसँगको छलफलपछि उनले कर्णालीका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट