Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लमजुङमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

लमजुङमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

पोखरा : लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो ।

दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । 

गम्भीर घाइते उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते छन् । ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका हुन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट