Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सरकारी जागिर र अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएको आरोपमा पक्राउ

सरकारी जागिर र अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएको आरोपमा पक्राउ

धनगढी :  कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ का ३३ वर्षीय तुलाराम कोली रहेका छन्, जो हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई प्रहरी टोलीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो । 

हाल कोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनीविरुद्ध अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता भइसकेका छन् । प्रारम्भिक अनुसन्धानमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ भने बाँकी विवरण अनुसन्धानका क्रममा खुल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट