Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानमा हप्तौँसम्म स्थल सैन्य कारबाहीको तयारीमा अमेरिका

इरानमा हप्तौँसम्म स्थल सैन्य कारबाहीको तयारीमा अमेरिका

वासिङ्टन डीसी : अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका इरानमा हप्तौँसम्म चल्न सक्ने स्थल सैन्य कारबाहीको तयारीमा रहेको जनाएको छ ।

समाचारका अनुसार, रक्षा मन्त्रालय पेन्टागनले बनाएको सम्भावित योजनामा पूर्णस्तरको आक्रमण नभई विशेष फौजद्वारा गरिने छापा कारबाही तथा परम्परागत पैदल सैनिकको सीमित परिचालन समावेश हुनसक्छ । यस्तो अभियानले व्यापक आक्रमणभन्दा सानो तर निरन्तर सैन्य दबाब सिर्जना गर्ने लक्ष्य राखेको बताइएको छ ।

उक्त योजना कार्यान्वयन गर्ने वा नगर्नेबारे अन्तिम निर्णय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन् । उनले पेन्टागनका केही वा कुनै पनि योजना स्वीकृत गर्न सक्ने अवस्थाबारे स्पष्टता नभएको जनाइएको छ । 

यसैबिच,अमेरिकी सेनाले ३१औँ मरिन एक्सपेडिसनरी युनिटका करिब ३ हजार ५०० सैनिक मध्यपूर्व क्षेत्रमा आइपुगेको जनाएको छ । राष्ट्रपति ट्रम्पले भने इरानलाई हार स्वीकार गर्न आह्वान गर्दै स्ट्रेट अफ हर्मुजमा अवरोध जारी राखे भीषण प्रतिक्रिया जनाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट