Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी : चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो।

जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो।थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij