Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बालेनलाई दिए बधाई

कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बालेनलाई दिए बधाई


काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई बधाई दिएका छन् । बालेन प्रधानमन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथग्रहण गरेलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । 

बालेनलाई बधाई दिँदै देउवाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत बधाई दिँदै कार्यसम्पादनमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

'राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त  हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवा गत पुस ३० गते विशेष महाधिवेशनमार्फत गगन थापा पार्टीको सभापति चयन भएपछि न उम्मेदवार बने न निर्वाचनमा मत मागे।

देउवा निर्वाचन हुनभन्दा ठिकअघि उपचारको बहानामा सिंगापुर लागेका थिए। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा हालै पत्नि आरजु राणासंगै सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट