काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा २ हजार ९ सयले घटेको छ भने चाँदी पनि १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij