Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भारतसहित पाँच देशका जहाजलाई हर्मुजको जलडमरूम प्रयोग गर्न इरानको अनुमति

भारतसहित पाँच देशका जहाजलाई हर्मुजको जलडमरूम प्रयोग गर्न इरानको अनुमति

एजेन्सी : इरानले भारत, चीन, रुस, इराक र पाकिस्तानका जहाजलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनलगायत मित्र राष्ट्रहरूलाई होर्मुज मार्ग उपलब्ध गराइरहेको बताएका हुन् ।

अराघचीले मित्र राष्ट्रहरूलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिइएको बताए । इरानले पहिले नै हर्मुजको जलडमरूम पूर्ण रूपमा बन्द नभएको बताएको छ। यो मार्ग इरानको विरुद्धमा रहेका देशहरूका लागि मात्र बन्द छ। अन्य देशहरूलाई निश्चित सर्तहरूमा जान अनुमति दिइँदैछ। यसअघि बुधबार राति इरानले हिन्द महासागरमा दुर्घटनाग्रस्त अमेरिकी लडाकु विमानलाई गोली हानेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट