Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

 

बुर्लाकोटीका अनुसार शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ । 

गत फागुन २१ गते सकिएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट पाएको थियो । बिहीबार संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले शपथग्रहण कार्यक्रम राखिएको छ । भोलि नै बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट