Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल

विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभागस्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो ।

अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिएकी थिइन् ।

विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरूको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवरणहरूको स्वतः वितरणका विषयमा कार्यवाहक डंगोलले जानकारी माग गरेकी थिइन् । 

त्यसक्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिका विषयमा जानकारी गराउँदै यसअघि तयार र सञ्चालन गरिएका प्रणालीलाई एकीकृत गराउने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा ई-हाजिरी कार्यान्वयन गर्ने, सीसीटिभी जडान, ई-हाजिरी,  ई-   सिफारिस, ई-टिप्पणीलाई प्रभावकारी कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गरे ।

महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी गराएका थिए । जग्गा प्रशासन कार्यान्वयनको चरणमा छ । घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुने चरणमा छ । त्यसक्रममा सूचना प्रविधि अधिकृत माधव खनालले, सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेका कामका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट