Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्। केसी नेपाली काँग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार प्रतिनिधि सभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउने कार्यक्रम छ । 

फागन २१ गते प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नयाँ सभामुख चयन नभएसम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् । सभामुख निर्वाचित भएपछि ज्येष्ठ सदस्य केसीको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट