तेहरान : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धीमुलक वार्ता गरेपछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका छन्।
यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ। यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्कीपछि आक्रमण स्थगितको सूचना आएको जनाइएको छ।
इरानले शान्ति वार्ताको दावीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ। इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिएका छन्। इरानी जनताले आक्रमणकारीहरूलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गरेका छन्।
संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उनले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानावाजी भएको बताएका छन्।
इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij