Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपराष्ट्रपति यादव र तीन प्रदेशका प्रमुखहरूबिच भेटवार्ता

उपराष्ट्रपति यादव र तीन प्रदेशका प्रमुखहरूबिच भेटवार्ता

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग तीनवटा प्रदेशका प्रमुखहरूले मङ्गलबार सामूहिक शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ सहभागी थिए। 

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच देशको वर्तमान राजनीतिक परिस्थिति तथा पछिल्लो समय विकसित समसामयिक विषयहरूमा केन्द्रित रहेर महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रदेश र केन्द्रबिचको समन्वय तथा शासकीय सुदृढीकरणका विषयमा पनि उनीहरूबिच अनौपचारिक संवाद भएको छ। प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे उपराष्ट्रपतिलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट