Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रविको मुद्दामा आज सुनुवाइ नहुने

रविको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

सोमबार रिट निवेदकका कानुन व्यवसायीले सुरुआती बहस गरेका थिए। रिट निवेदकको बहस बाँकी नै छ। त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन्।

यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट