Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लुम्बिनी प्रदेशमा चैत १२ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा चैत १२ गते सार्वजनिक बिदा

दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी चैत १२ गते बिहीबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिन्दु धर्मावलम्बीहरूको पर्व चैते दसैँ (शुक्ल अष्टमी) को अवसर पारेर प्रदेश सरकारले यो बिदाको घोषणा गरेको हो। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुने जानकारी दिएको छ। प्रदेश राजपत्रको भाग ३ खण्ड ८ को संख्या १४ मा उल्लेखित २०८१ चैत २१ गतेको पूर्व निर्णय र सूचना बमोजिम यो बिदा दिइएको मन्त्रालयले प्रस्ट पारेको छ। कानुन अधिकृत लक्ष्मण भण्डारीद्वारा हस्तान्तरित उक्त सूचनामा चैते दसैँको धार्मिक र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै प्रदेशवासीलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सार्वजनिक बिदाको व्यवस्था गरिएको उल्लेख छ।

चैते दसैँलाई विशेष गरी शक्ति स्वरूपा देवीको पूजा आराधना गर्ने पर्वका रूपमा लिइन्छ। लुम्बिनी प्रदेशका विभिन्न शक्तिपीठ र मन्दिरहरूमा यस दिन विशेष मेला तथा पूजाआजा हुने गर्दछ। 

सरवजनक_बद_समबनध_सचन_ekpllk9

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट