Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ओलीलाई समवेदना दिन पुगे रेनु र गंगा

ओलीलाई समवेदना दिन पुगे रेनु र गंगा

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन् । 

ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली र केपी ओलीलाई समवेदना दिन सोमबार गुन्डु पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । 

उनले फेसबुकमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट