Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पा : पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई भारतीयमध्ये एक जनाको शव फेला परेको हो ।

अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर तिनाउ गाउँपालिका–३ स्थित खोलामा नुहाउने क्रममा भारतबाट घुम्न आएका ७ जनामध्ये २ जना बगेर बेपत्ता भएका थिए।

डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान साढे १० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरू भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबीर नगर क्षेत्रका युवक हुन् । अर्का बेपत्ता युवकको खोजी कार्य  जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट