Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी सिरहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी सिरहामा पक्राउ

सिरहा : जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंबाट फरार एक कैदी सिरहामा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मरेरवा बस्ने ३८ वर्षीय अंजनी कुशवाहा रहेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीको संयुक्त टोलीले कुशवाहालाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कुशवाहा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए । पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट