चितवन : चितवनमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा पैदलयात्रीको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबार राति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएकी ७९ वर्षीया चन्द्रकुमारी थापालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij