पाल्पा : तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा डुबेर आइतबार दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा भारतको सन्तवीर नगरका १७ वर्षीय फरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
नेपाल घुम्न आएका उनीहरू पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो २ बजे बेपत्ता भएका हुन्। उनीहरूको अवस्था पत्ता लागेको छैन। अहिले खोजी भइरहेको चौधरीले बताए।
उनीहरूसँगै गएका अन्य ५ जना भने सकुशल रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij