Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि लामिछानेलाई विश्वराजको सुझाव - होटल–रेष्टुरेन्टमा कार्यक्रम नगरौं

रवि लामिछानेलाई विश्वराजको सुझाव - होटल–रेष्टुरेन्टमा कार्यक्रम नगरौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले पार्टीका कार्यक्रमहरू होटल तथा रेष्टुरेन्टमा नगर्न आग्रह गरेका छन् । ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा हालै सम्पन्न दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रमको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद पोखरेलले आगामी दिनमा हुने कार्यक्रमहरू सकेसम्म साधारण र मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले विशेषगरी होटल, रेष्टुरेन्टजस्ता खर्चिला स्थानहरूमा कार्यक्रम आयोजना नगर्न पार्टी सभापति रवि लामिछानेलाई आग्रह गरेका हुन् ।

उनका अनुसार काठमाडौंजस्ता स्थानमा ठूलो संख्यामा सहभागी व्यवस्थापन गर्न कठिनाइ भएमा मात्रै बाध्यात्मक अवस्थामा पार्टी प्यालेस प्रयोग गर्न सकिनेछ। तर, त्यस अवस्थामा पनि कार्यक्रम सम्पन्न गर्ने उद्देश्यका लागि मात्र सीमित रूपमा प्रयोग गर्नुपर्ने उनले स्पष्ट पारे।

पोखरेलले कार्यक्रमहरूलाई अनावश्यक रूपमा खर्चिलो नबनाउन पनि पार्टी पंक्तिलाई सचेत गराएका छन्। उनले फूलमाला, खादाजस्ता परम्परागत स्वागत सामग्रीको प्रयोग नगर्न आग्रह गर्दै सादगी र व्यवहारिकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट