Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चोरी मुद्दामा ११ वर्ष जेल बसेर छुट्नेबित्तिकै फेरि चोरी

चोरी मुद्दामा ११ वर्ष जेल बसेर छुट्नेबित्तिकै फेरि चोरी

काठमाडौँ : ललितपुर महालक्ष्मी नगरपालिका ६‚ सिद्धिपुरस्थित एक घरमा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका २‚ नागदह घर भई अहिले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ३२ वर्षीय सजनकुमार श्रेष्ठ र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ घर भई अहिले काठमाडौँ कागेश्वरी मनोहरा ९ बस्ने ३२ वर्षीय प्रेम लामा छन्।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। उनीहरूलाई चोरी भएको गहनासहित पक्राउ गरिएको मिश्रले बताए। ३ चैतमा सिद्धिपुरका कृष्णप्रसाद श्रेष्ठको घरमा सुनचाँदीका गहना र नगद चोरी भएको थियो।

वृत्त सातदोबाटोले दुवैलाई चोरी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ। पक्राउ परेकामध्ये लामा चोरी मुद्दामा पटक-पटक गरी ११ वर्ष जेल बसेका व्यक्ति हुन्। उनी जेलबाट छुट्नेबित्तिकै पुन: चोरीमा संलग्न रहेको मिश्रले बताए।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट