Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी

इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी

तेहरान : इरानी सेनाले शनिबार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ ।
 
इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरान विरुद्ध कुनै आक्रमण भएमा इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी समेत दिएको छ । अबु मुसा र ग्रेटर टुनब टापुहरू इरानद्वारा नियन्त्रित छन् भने लामो समयदेखि दुई देशबिच विवादको विषय समेत बनेका छन् । यी टापुहरू होर्मुज जलक्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकांश भागमा निर्यात हुन्छ ।
 
हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ, जुन फेब्रुअरी – २८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई मध्य पूर्वमा फैलिएको छ । इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरानविरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउदै ती देशहरूमा रहेका अमेरिकी निकायविरुद्ध मिसाइल तथा ड्रोन आक्रमणहरू सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट