Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै अँएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन् । 
 
शुक्रवार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । गएराति उपचारको क्रममा ट्रमा सेन्टरमा दुवै जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

बस चालक दोलखा घर भएर कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट