Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

बैतडी : जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।   

नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २स्०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट,  निर्मलाका सात वर्षीय  छोरा  अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडी प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको उपचार डडेल्धुरा अस्पताल भइरहेको छ । दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट