काठमाडौं : काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँटबाट प्रहरीले खैरो हेरोइन सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–२ घर भएर नरेफाँट बस्ने २८ वर्षीय सन्तोष कुमार झा छन् । आरोपीको साथबाट २२.८५० ग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । चैत ४ मा पक्राउ परेका झा बिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वरले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij