Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गुल्मीमा ट्रक दुर्घटना, दुई जना घाइते

गुल्मीमा ट्रक दुर्घटना, दुई जना घाइते

गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरा स्थित भित्री कच्ची सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ५३७३ नम्बरको पेप्सी–कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा करिब १० मिटर तल खस्न लागेको थियो। 
  
सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन् । उनको बायाँ खुट्टा र बायाँ आँखा माथि चोट लागेको छ। ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवालीको नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
   
दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को कमाण्डमा टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट