चितवन : क्रेस्टेड सर्पेन्ट इगल, नेपालीमा काकाकुल भनेर चिनिने चरा, बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा अमलटारी क्षेत्रमा सर्प समाएर टाउकोतर्फ ज्युँदै निलेको दृश्य क्यामेरामा कैद भएको छ।

अमलटारी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को डण्डा बजार नजिकै पर्ने चारवटा मध्यवर्ती सामुदायिक वनहरू पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै आएका छन्। यहाँ जिप सफारी गर्दा बाघ, गैंडा, चीत्तल, लगुना, मयुर, र विभिन्न पंक्षीहरू देख्न सकिन्छ।
सफारीमा रहेको नेचर गाइड सुदन लम्सालले कृष्णसागर मध्यवर्ती सामुदायिक वनमा भुइँमा बसेको काकाकुलले सर्प समाएको देखे। काकाकुलले सर्पलाई पञ्जामा अँठ्याएर केही बेर रुखमा उडेर राख्यो। केही बेरपछि काकाकुलले सर्पलाई टाउकोतर्फबाट निल्यो।

चितवन सौराहाको संस्था बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीका अनुसार, काकाकुल मुख्यतया साना र मध्यम आकारका सर्प खाने गर्दछ। ठूला सर्पलाई चिरेर खाने प्रवृत्ति पनि देखिन्छ। काकाकुलले आकाशबाट मात्र पानी पिउँछ भन्ने धारणा सत्य नभएको गिरीले बताए।
चरा संरक्षणका लागि काकाकुलको संख्या राम्रो भए पनि संरक्षणमा निरन्तर ध्यान दिनुपर्ने बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij