Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आफू परिवर्तन भएको सन्देशसहित रवि लामिछानेको जिम्मेवार बोली

आफू परिवर्तन भएको सन्देशसहित रवि लामिछानेको जिम्मेवार बोली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शैली यसअघि आक्रामक थियो । अरुलाई व्यङ्ग्य प्रहार गरेर बोल्थे । धारणामा थोरै सत्यता र व्यङ्ग्य धेरै हुन्थ्यो ।
 
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले सहज बुहमत (२ सिट कम दुई तिहाइ) ल्याएपछि लामिछानेले आफ्नो त्यो शैलीलाई परिवर्तन गरेका छन् । ललितपुरको ग्वार्कोमा पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाहरूलाई रास्वपाले गरेको दुई दिने अभिमुखीकरणको समापनमा लामिछानेको आधा घण्टाभन्दा बढी समय आफ्नो धारणा राखे । यस क्रममा उनले आफ्नो शैलीलाई पूरै परिवर्तन मात्रै गरेनन्, जनताले दिएको मतको बोध आफूमाथि थुप्रिएको र त्यसलाई कसरी सहज अवतरण गर्ने भन्नेमा ध्यान केन्द्रित गर्ने शैलीमा प्रस्तुत भए ।

उनको धारणाको अधिकांश हिस्सामा सांसदहरूलाई निर्देशन थियो भने केहीमा सत्ता सञ्चालन कसरी गर्ने, पुराना दलहरूसँगको सम्बन्ध कस्तो बनाउने, सांसदहरूले आचारण कस्तो बनाउनु पर्ने र अब आफूहरूको जिम्मेवारी के हो भन्ने विषय समेटिएको थियो । लामिछानेले पुराना दलहरूको नेतृत्वप्रति निराशा भएर आफूहरूलाई मत दिएकाले त्यो जनताको विश्वासलाई कायम राख्न सक्नुपर्ने बताए । जनताको विश्वास कायम राख्न नसके पुराना नेतृत्वलाई जनताले ३५ वर्ष कुरे पनि आफूहरूलाई ३५ दिन पनि नकुर्ने भन्दै सांसदहरूलाई उनले सचेत बनाए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट