Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए। जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट