Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

झापा : लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा सो घरबाट तीन जना पक्राउ परेका छन् । यसैगरी, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट