Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री कार्की र महासंघ अध्यक्ष ढकालबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र महासंघ अध्यक्ष ढकालबीच शिष्टाचार भेट

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेट भएको हो। अध्यक्ष ढकालले भेटमा आफूले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई धन्यवाद एवं बधाई दिएको बताए।

यस्तै निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गरेको जानकारी ढकालले दिएका छन्। भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता जाहेर भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट